Logo

प्रमुख समाचार

विप्लवका नेता नरबहादुर कार्की बालुवाटारबाट पक्राउ



प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका युवा नेता नरबहादुर कार्की पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले कार्की पक्राउ परेको पुष्टि गरे ।

नो ट्याक्स नो एनसेल अभियान चलाइरहेका कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार अपरान्ह काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको एसएसपी सुवेदीले  जानकारी दिए ।

पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार १५:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।