Logo

प्रमुख समाचार

किला घोचेर ‘सिरिन्ज’ को हल्ला, आक्रमणकारी सन्तोष कार्की प्रहरी फन्दामा



भक्तपुरका विभिन्न स्थानमा शृंखलाबद्धरुपमा महिलामाथि भएका आक्रमणमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले महिलामाथि भएका शृंखलाबद्ध आक्रमणमा संलग्न सन्तोष कार्कीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

कार्कीलाई बिहीबार राति १० बजे महाराजगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । रामेछाप घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका कार्कीलाई प्रहरीले विभिन्न युवतीहरुलाई जथाभावी तीखो वस्तुले घोच्दै हिँडेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । उनले ‘सिरिन्ज’ले आक्रमण नगरी किलाले आक्रमण गरेको बयान प्रहरीसमक्ष दिएका छन् । तर, प्रहरीले उनको बयानमा पूरा विश्वास नगरीसकेकाले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार १६:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।