Logo

विद्दुत यन्त्रमा खराबी आएपछि खलङ्गा बजार तीन दिनदेखि अन्धकारमय



जुम्ला सदरमुकाम खलङ्गा बजार विद्युत्गृहको यन्त्रमा खराबी आएपछि तीन दिनदेखि अन्धकारमय बनेका छन् । साना जलविद्युत् आयोजनाको घुघुतीस्थित विद्युत्गृहका यन्त्र बिग्रिएपछि सदरमुकाम खलङ्गा बजार अन्धकारमय बनेको हो ।

वैकल्पिक व्यवस्थाका लागि जुम्ला सदरमुकाम पुर्याइएको डिजेल प्लान्ट पनि थन्किएपछि स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएको नागरिक समाजका संयोजक राजबहादुर महतले बताए । आयोजनाको घुघुतीस्थित विद्युत्गृहमा रहेको यन्त्रमा खराबी आएपछि विद्युत् उत्पादन नहुँदा खलङ्गा बजार अन्धकार भएको आयोजनाले जनाएको छ । विद्युत्गृहको यन्त्र जीर्ण भएपछि चार वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको रु दुई करोड ६३ लाखको आर्थिक सहयोगमा नयाँ यन्त्र जडानको काम शुरु गरेको थियो । समितिको कार्यालय खारेज भएपछि निर्माणको काममा पनि ढिलाइ भएको थियो ।

नयाँ यन्त्र जडान गरेको एक वर्ष नपुग्दै बिग्रिएपछि खलङ्गा बजार पुनः अँध्यारो बन्न पुगेको छ ।

प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार  १२ : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।