Logo

समाचार

मन्त्री खनाल र म्यानमारका राजदूत थान्ट सिनबीच भेटवार्ता



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि म्यानमारका राजदूत महामहिम थान्ट सिनबीच भेटवार्ता भएको छ ।

आज परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटर्वाता भएको हो ।

भेटमा व्यापार, आर्थिक सहयोग, सांस्कृतिक सम्बन्ध र जनता-जनता आदान-प्रदान लगायत पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार १३:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।