Logo

राजनीति

रास्वपाका सांसदलाई कागजातमा ‘माननीय’ नलेख्न निर्देशन



काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लेटरहेड र कार्डलगायत कागजातमा ‘माननीय’ शब्द नलेख्न निर्देशन दिएको छ ।

सिंहदरबारमा जारी संसदीय दलको बैठकमा पार्टी नेतृत्वले सो निर्देशन दिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सबै सांसदहरूको लेटरहेड र कार्डलगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन छ’, प्रवक्ता झाले भने ।

‘आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि क्यानिडेट क्लबको अभ्यास हुने भएकाले कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुनै प्रतिबद्धता नगर्न निर्देशन छ’, रास्वपाले निर्देशन दिँदै भनेको छ । साथै निर्देशनविपरित कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाही गर्ने रास्वपाको चेतावनी छ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार १३:२३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।