Logo

प्रमुख समाचार

दीपक मनाङ्गे नेकपा प्रवेश गरेपछि योगेश भट्टराईले किन यसो भने ?



राजीव गुरूङ अर्थात् दीपक मनाङ्गे नेकपा प्रवेश गरेपछि पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आपत्ति जनाएका छन् । मनाङ्गे बिहीबारमात्रै नेकपा प्रवेश गरेका थिए ।

गण्डकी प्रदेशसभाका सदस्य रहेका मनाङ्गेले केही समयअघि अदालतबाट सफाइ पाएका थिए । ‘राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौँ ? कस्ता कस्ता ल्याउँदै छौँ ? परिणाम के भैरहेको छ ? राम्ररी विचार गरौ है !’ रसिया भ्रमणमा रहेका भट्टराईले माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखेका छन् ।

यो पनि पढ्नुहोस् !

गण्डकी प्रदेशमा नेकपालाई एक सांसद थप

स्वतन्त्रबाट गण्डकी प्रदेश सांसदमा विजयी भएका राजीव गुरुङ (दीपक मनाङे) अन्तत सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन् । पोखरामा बिहीबार आयोजित एक विशेष समारोहकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन् ।

सांसद गुरुङसँगै नेत्रविक्रम चन्द विप्लव समूहका कास्की संयोजक पुष्प कार्की पनि नेकपामा प्रवेश गरेका छन् । पार्टीमा स्वागत गर्दै मुख्यमन्त्री गुरूङले मनाङेलाई नेकपाको विधान पनि हस्तान्तरण गरेका थिए ।

फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् । उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार ०७:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।