Logo

समाचार

बेलायतबाट पनि ‘मेगा रेमीट’ सेवा



मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमीट’ सेवालाई बेलायतमा पनि विस्तार गरेको छ ।मेगा रेमीट सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंकले बेलायतमा पनि रेमीट्यान्स कारोबार विस्तार गरेको हो ।

बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीमा नेपालमा रेमीट्यान्स भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ ।

यो साझेदारीसँगै बेलायतमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।बेलायतबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार १२:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।