Logo

प्रमुख समाचार

किन भए देउवालाई तर्साउन विरोधी गुट सक्रिय ?



नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक नजिकिदै गर्दा सभापति शेरबहादुर देउवाविरोधी समूहको गोप्य बैठक र भेलाहरू हुँदै आएका छन् । राष्ट्रिय जागरण अभियान र भ्रातृ तथा संघीय स्वरुपमा संरचना बनाउने विषयमा नेताहरूबीच गोप्य भेला र परामर्शहरू गरेका हुन् ।सभापति देउवाको पेलानमा परिने डरका कारण वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहबीच पनि गोप्य वार्ता भएको छ ।

मंगलबार काठमाडौंमा नुवाकोट कांग्रेसका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको निवासमा गोप्य भेला भएको हो । भेलामा सभापति देउवाविरुद्ध एक भएर जाने सहमति भएको छ । सभापति देउवाले असार २२ गतेको केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश कार्यसमिति र भ्रातृ संगठनहरूलाई पूर्णता दिनेदेखि विभागहरू गठनको प्रस्ताव गर्दै छन् । देउवाको प्रस्तावबाट डराएका पौडेल र सिटौलाबीच सहमतिको प्रयास गरिएको छ ।

सभापतिमा पौडेललाई सिटौलाले नै सिध्याएका हुन् । सिटौलाले पौडेल समूहलाई असहयोग गरेर देउवालाई सहयोग गरेपछि सभापति पदमा देउवा निर्वाचित भएका थिए । अहिले फेरि पौडेलसँग सिटौलाले हात मिलाउन पुगेका छन् ।

कोइराला परिवारको साथ पौडेल समूहलाई रहेको बताउने गरिएको छ । कोइराला परिवारबाट कांग्रेसको नृत्व बाहिरिएको अवस्थामा पनि कोइराला परिवारमै नेपाली कांग्रेसको नेतृत्व फर्किन्छ कि भन्ने आशंक एउटा समूहमा छ ।

कोइराला परिवार नै नेपाली कांग्रेसका लागि सबैभन्दा ठूलो दुश्मन रहेको चर्चा गर्ने गरिएको छ । कोइराला परिवारकै कारण सन्त नेता कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले नेपाली कांग्रेसलाई छाडेर उत्तरार्धमा निश्क्रिय भएका थिए ।

नेपाली कांग्रेसको १४ औँ महाविधेशनमा फेरि पनि सभापतिमा देउवाले नै दाबी गर्ने संकेत आएको छ । यताबाट सभापतिमा अहिलेसम्म रामचन्द्र पौडेल, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइरालासहितका नेताहरूले इच्छा जनाएका छन् । स्रोतका अनुसार अन्तिममा देउवाले सभापति पड्काउने चर्चा पनि छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार ०६:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।