पार्टी एकता घोषणा गरेको लामो समय विति सक्दा पनि सत्तारुढ नेकपाको पार्टी एकताले पुर्णता पाउँन सकेको छैन । अक अर्कामा चरम अविश्वास शंका र स्वार्थका कारण एकताले पुर्णता नपाँदा नेकपाका तल्लो तहका कार्यकर्ताहरु निराह भएका छन् । पछिल्लो समय त नेकपा भित्रको असन्तुष्टि भित्र भित्रै भुसको आगो जसरी सल्कीरहेको छ ।
नेकपाको एकता प्रक्रियमा पछिल्लो समय विचारको कुरा प्रवेश गरेको छ । जसले गर्दा कतै एकता प्रक्रियानै विथोलिने होकी भन्ने आशंका पनि पैदा भएको छ । नेकपा एकता प्रक्रियामा अहिले जनताको बहुदलीय जनवाद कि जनतको जनवाद भन्ने विषयको विवाद भित्रभित्रै भुसको आगो जसरी सल्कीदै गएको छ ।
खास गरि पुर्व एमाले खेमा जबजलाई छोड्न नचाँहने र पुर्व माओवादी खेमा जबजलाई सुन्न नचाहने कारण नेकपा एकताको हलो अड्कीरहेको छ । जबजको भारी बोक्न नहुने अड्डी कसीरहेका नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्वरो आउँने अभिव्यक्ति अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले दिएका छन्।
मदन भण्डारीको जन्मजयन्तीमा आयोजित कार्यक्रमलाई हिजो राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डकै अगाडी आजभोली जनताको बहुदलीय जनतवादलाईनै जनताको जनवाद भन्ने गरिएको बताएका छन् । घुमाउँरो भाषामा नेताकार्यकर्ताको अगाडी ओलीले नाम जे राखेपनि भावमा जनताको बहुदलिय जनवाद छोड्न नसकिने स्प्ष्ट पारेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धान्तका नाममा गतिहीन एवं अररोपन देखाउनु उचित नहुने बताएका छन् । जननेता मदन भण्डारीको सन्दर्भ उल्लेख गर्दै नेकपा अध्यक्ष ओलीले भनेका छन् ‘कुनै सिद्धान्तमा अनुचित ढंगले टाँस्सिने, सिद्धान्तका नाममा गतिहीन अररोपन देखाउने नक्कली सिद्धान्तवादिता वा अररो सिद्धान्तवादिताको पिँजडा सुनकै भए पनि मदन भण्डारी त्यसभित्र बस्न मान्नुहुन्नथ्यो ।’
मदन भण्डारीको ६८ औं जन्म जयन्तीका अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अब जनताको बहुदलीय जनवाद (जबज)को ठाउँमा पार्टीको कार्यक्रमको नाम जनताको जनवाद भन्न थालिएको स्पष्ट पारे ।
‘आज हामी एउटा नयाँ परिस्थितिमा पुग्या छौं’ प्रधानमन्त्री ओलीले भने, ‘पार्टी एकता, एकीकरण गरेर त्यसलाई सिमेन्टेड गरेका छौं । र, हामीले भनेका छौं, अहिलेको अवस्थामा जनताको जनवादलाई कार्यक्रमको नाम दिने ।’
तथापि एकीकृत पार्टीले अगाडि सारेको न्यूनतम कार्यक्रमलाई ‘जनताको जनवाद’ भनिए पनि त्यसमा बहुदलीय जनवादका विशेषताहरु समावेश गरिएको र ती शिवेषताभन्दा टाढा जान नसकिने ओलीले बताए । प्रधानमन्त्री ओलीले अगाडि भने, ‘हाम्रो कार्यक्रममा जनताको बहुदलीय जनवादका विशेषताहरुमा फरक परेको छैन, तिनै विशेषता हुन् । ती विशेषताभन्दा पर जान सकिँदैन । तर, अहिले हामीले कार्यक्रमको नाम जनताको जनवाद राखेका छौं । र, त्यसै जनताको जनवादबाट हामी अगाडि बढ्छौं ।’
जबजको साटो जनताको जनवादलाई कार्यक्रम मानिएको बताउँदा बताउँदै प्रधानमन्त्री ओलीले जबजलाई आन्दोलनको कार्यक्रम मात्रै नभएर ‘समग्र सिद्धान्त’ को संज्ञा समेत दिए ।
मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्वोधन गर्नुपूर्व नेकपाका अर्का अध्यक्ष प्रचण्डले सम्वोधन गरेका थिए । अध्यक्ष प्रचण्डले आफ्नै पार्टीको सरकार हुँदा पनि मदन भण्डारीका हत्यारा पत्ता लगाउन नसकिएको गुनासो पोखेका थिए । तर, प्रधानमन्त्री ओलीले चाहिँ मदन भण्डारीको हत्यासम्बन्धी प्रशंगै नकोट्याई भण्डारीका योगदानहरुको मात्रै चर्चा गरे ।
हुन्छ, पार्टीलाई हिँडाउनु, अगाडि बढाउनु एउटा कुरा हुन्छ । उहाँले पार्टीलाई चलाउनुमात्रै भएन । पार्टीको प्रमुखको हिसाबले टुप्पामा बस्नुमात्रै भएन, पार्टीलाई गतिशील बनाउनुभयो ।
मदन भण्डारी आत्मप्रशंसा रुचाउने अथवा आफूलाई अगाडि देखाउन चाहने त्यस्तो व्यक्तित्व होइन । उहाँले आन्दोलनमा आफूलाई अगाडि देखाउन चाहने अवसर प्राप्त हुँदा पदमा आफू बस्न चाहने त्यसप्रकारका प्रवृत्तिहरु थिएनन् उहाँमा । उहाँको भूमिका असाधारण थियो । तर, मदन भण्डारीले आफ्नो भूमिका जस्तो छ, त्यो पनि प्रकट गर्नुभएन । मदन भण्डारी आफू बढी सामुन्नेमा आउन चाहनुभएन । उहाँले अलिकति पृष्ठभागमै बसेर बैचारिक हिसाबले असाधारण, अहम भूमिका खेल्नुभयो ।
सोभियत संघ तासको घरजस्तो भएर ढल्यो । पूर्वी युरोप एकपछि अर्को ध्वस्त भयो । त्यस्तो अवस्थामा मार्क्सवाद समाप्त भो, असान्दर्भिक भो अब समाजवादी आन्दोलन समाप्त भो, अब पुँजीवादमात्रै दुनियाँमा रहन्छ भन्ने बहुतै भ्रमपूर्ण हल्ला चल्यो । धेरै पार्टीहरुले आफूलाई विघटन घोषणा गरे । धेरैले झण्डा फ्याँके ।
धेरैले विचार फयाँके । तर, नेपालमा मदन भण्डारीको अगुवाइमा समयानुकुल ढंगले हिजोका कमी कमजोरीहरु र गल्तीहरुलाई हटाएर, पुँजीवादले भन्ने गरेका कतिपय विचारहरु र समाजवादी, कम्युनिष्ट आन्दोलन वा वामपन्थी आन्दोलनले भन्ने गरेका विचारहरु समेतलाई लिएर सामाजिक न्याय र समानतासहितको लोकतन्त्र अनुचित हुनै सक्दैन ।
हामीले के बुझ्नुपर्छ भने जनताको बहुदलीय जनवाद ०४६ सालको आन्दोलन संगठित गर्ने, सञ्चालन गर्ने आन्दोलनको कार्यक्रम होइन । या त्यसभन्दा पछि यो वा त्यो आन्दोलन विशेष वा ०६२/०६३ को आन्दोलन वा एउटा आन्दोलन विशेषलाई हाँक्ने विचार होइन । यो नेपाली समाजलाई समग्र परिवर्तन ल्याउने र लोकतान्त्रिक सुदृढ राष्ट्र, लोकतान्त्रिक राष्ट्र, लोकतान्त्रका आधारभूत मूल्य मान्यता अपनाएको राष्ट्र, समृद्धि हासिल गरेको लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समानतासहितको लोकतान्त्रिक गणतन्त्रको लक्ष र समाजवादमा पुग्ने लक्ष, त्यो उद्देश्य र बाटाहरु समेत प्रस्तुत गरिएको एउटा समग्र सिद्धान्त हो । त्यस सिद्धान्तबाट नेपाली समाज वास्तवमै अग्रगामी परिवर्तनको दिशामा अगाडि बढ्यो ।
आज हामी एउटा नयाँ परिस्थितिमा पुग्याछौं । नेपालको कम्यनिष्ट आन्दोलनका दुईवटा प्रमुख धार नेकपा एमाले र माओवादी केन्द्र, हामी सबैलाई थाहा छ, ०७४ साल असोज १७ गते यसै ठाउँबाट हामी चुनावी तालमेलका साथ अगाडि बढ्यौं र पार्टी एकता गरेर एउटै पार्टी निर्माण गर्छौं भन्ने उदघोष प्रचण्डजीले र मैले गरेका थियौं । त्यसपछि हामीले चुनावी तालमेलबाट नेपाली जनतामा आशा विश्वास भरोसा पनि जगायौं । एउटा राष्ट्रिय आत्मविश्वास जगाउने काम पनि गर्यौं । यस निर्वाचन प्रणालीबाट बहुमत प्राप्त गर्नु सजिलो छैन, साधारणतः यो बहुमत प्राप्त नहुने खालको प्रणाली हो । यस्तो अवस्थामा हामीले बहुमत ल्याएर देशलाई स्थिरता र स्थायित्व दिएका छौं ।
पार्टी एकता एकीकरण गरेर त्यसलाई सिमेन्टेड गरेका छौं । र, हामीले भनेका छौं, अहिलेको अवस्थामा जनताको जनवादलाई कार्यक्रमको नाम दिने । अथवा, हाम्रो कार्यक्रमलाई जनताको बहुदलीय जनवादका विशेषताहरुमा फरक परेको छैन, तिनै विशेषता हुन् । ती विशेषता भन्दा पर जान सकिँदैन । तर, अहिले हामीले कार्यक्रमको नाम जनताको जनवाद राखेका छौं । र, त्यसै जनताको जनवादबाट हामी अगाडि बढ्छौं ।
एउटा प्रश्न, अलिअलि मान्छेहरुले आशंका उठाउने मौका पाएका छन् र अलिकति हामीलाई खिसीट्युरी पनि गरेका छन् । एकता गरेको यत्रो समय भो तर एकीकरणको प्रक्रिया टुंगिएको छैन । शायद हामीले धेरै ठूलो काम गरेका छौं, त्यो ठूलो काम गर्दाखेरि यस्तो अलमल त नहुनुपर्ने तर त्यही ठूलो कामले अलिकति अलमल सिर्जना गरेको हो कि ? तर, केही अलमल सिर्जना भएको छ ।




















प्रतिक्रिया