Logo

प्रमुख समाचार

नाकाहरुमै विषादी परिक्षणको माग राख्दै नेविसंघको प्रदर्शन



नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पुतली सडकमा प्रदर्शन गरेको छ । सरकारले तरकारी र फलफूलमा हुने विषादी परीक्षण गर्ने कार्यबाट पछि हटेको विरोधमा शुक्रबार दिउँसो नेविसंघले विरोध प्रदर्शन गरेको हो ।

विदेशबाट आयात गरिने तरकारी तथा फलफुलको नाकाहरुमै विषादी परिक्षणको व्यवस्था गरिनुपर्ने माग राखेका छन् । शंकर देव क्याम्पसका नेविसंघका लोकप्रिय नेता दीपक ओझाको नेतृत्वमा नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेको हो ।

नाकामा तरकारी र फलफूलमा हुने विषादी परीक्षण पुनः नगरेसम्म नेविसंघले आन्दोलन जारी राख्ने नेविसंघ नेता बबि जोशीले बताए । विद्यार्थी नेताहरु अमोद अधिकारी, अरुण के सी , छ्त्र रावल (loud), जिवन बिष्ट, मिलन खतिवडा, सिजन खड्का, कृष्ण बोहरा , सोम राज मल्ल लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार १४:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।