आफ्नै श्रीमतीलाई मारेर नेपालगंजका एक युवकले घरको छतमा रहेको पानी खाने ट्याङकीमा लुकाएर राखेको अवस्थामा पक्राउ परेका छन । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी शिवकुमार लोधले आफ्नी ३६ वर्षीया ललिताकुमारी लोधलाई मारेर लुकाएका थिए ।
विद्यालय गएका छोराले घरमा आउँदा आमालाई नदेखेपछि सोधीखोजी गरी होहल्ला गर्दा मृतकको शव ट्याङकीमा राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।जीवित रहेको अनुमानमा ललितालाई शिक्षण अस्पताल नेपालगञ्ज पुर्याइए पनि चिकित्सकले केही घण्टाअघि नै मृत्यु भएको बताएका थिए ।
सधैँजसो झगडा गर्दै कुटपिट गर्ने शिवकुमारले छोरा अमन विद्यालय गएको बेलामा ललितालाई कुटेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले मृतकका श्रीमान् शिवकुमार सहित दुईलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।
पत्नीलाई आत्महत्या गर्न बाध्य गर्ने पतिलाई थुनामा राख्ने आदेश
पत्नीलाई आत्महत्या गर्न बाध्य गरेको आरोपमा पतिलाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।अदालतले हेटौँडा उपमहानगरपालिका–३ का राजु थिङविरुद्ध उक्त आदेश जारी गरेको हो । उनले पत्नी सोनु थिङलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
विगतमा आत्महत्याको घटनामा कसैलाई दोषी ठहर गरिँदैनथ्यो । मानसिक एवम् शारीरिक लगायतका विभिन्न तनाव दिइ आत्महत्या गर्न बाध्य पारेको भए पनि कोही कसैमाथि मुद्दा चलाउन पाइँदैनथ्यो ।गत भदौ १ बाट कार्यान्वयनमा आएको नयाँ फौजदारी संहिताले आत्महत्या गर्न बाध्य पार्ने जोकोही पनि कारवाहीको भागिदार हुने कानुनी व्यवस्था गरेको छ ।




















प्रतिक्रिया