Logo

प्रमुख समाचार

हालसम्म बाढी–पहिरोमा परी ४८ जनाको मृत्यु, ३५ जना अझै बेपत्ता



बिहिबार रातीदेखि देशभर परेको अविरल बर्षाका कारण चलेको बाढी र पहिरोका कारण अहिलेसम्म ४८ जनाको मृत्यु भएको छ । हराईरहेका ३५ जना अहिलेसम्म भेटिएका छैनन । प्रदेश नम्बर १ मा सबैभन्दा धेरै १७ जनाको मृत्यु भएको छ भने प्रदेश नम्बर ३ मा १२ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा नै बाढी र पहिरोमा परी ८ जनाको मृत्यु भएको छ ।

ललितपुर र भोजपुरमा मात्रै यो पटकको मनसुनी बाढी पहिरोमा परी पाँच–पाँच जनाको मृत्यु भएको छ । यस्तै पाल्पा र दाङमा एक–एक गरी जम्मा दुई जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशको डोल्पा जिल्लामा पनि २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कोशीको बाँध फुट्ने खतरा भएपछि खोलियो सबै ढोका

कोशी व्यारेजको बाँध फुट्ने खतरा भएपछि भारतले शनिबार मध्यरातमा सबै (५६ वटै) ढोका खोलिएको छ ।

कोशी नदीमा वहाव प्रतिसेकेण्ड ३ लाख ७१ हजार १ सय १० क्युसेक पुगेको व्यारेजले जनाएको छ । नदीमा पानीको वहाव अत्यधिक मात्रामा बढेपछि त्यस आपसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

फेरि भारतले कोशी व्यारेजको ६ ढोका बन्द गरियो

भारतले कोशी व्यारेजको ६ ढोका बन्द गरेको छ । कोशी बाँध फुट्ने खतरा बढेपछि शनिबार मध्यरातमा व्यारेजको सबै ९५६ वटै० ढोका खोलिएको थियो । व्यारेजको सबै ढोका खोल्दा विहारका केही ठाउँ जलमग्न भएपछि भारतले फेरि ६ ढोका बन्द गरेको हो ।

प्रकाशित मिति : २९ असार २०७६, आईतवार ०६:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।