Logo

प्रमुख समाचार

बाढीरपहिरो अपडेट : ७८ जनाको मृत्यु, दर्जनौं बेपत्ता



बाढी पहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ जनाको उद्धार गरिएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण कार्यलाई तीव्रता दिएको बताए ।

पहिरोले बिपी राजमार्ग अवरुद्ध, सवारी साधन ठप्प, यात्रु अलपत्र

पहिरोले बिपी राजमार्ग अवरुद्ध भएको छ । नमोबुद्ध नगरपालिका–५ लासकोटमा बिपी राजमार्ग अवरुद्ध भएको हो । पहिरोको कारण राजमार्गमा चल्ने सवारी साधन ठप्प छन् । लामो दुरीबाट आएका सवारी साधन बाटोमै रोकिएका छन् ।

यता हेटौंडाको इद्रसरोबर गाउँपालिका–२ मकवानपुरमा पनि पहिरो जाँदा सडक बन्द अवरुद्ध भएको छ । हैटौंडाबाट काठमाडौं आउने सवारी साधन बाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार ११:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।