Logo

प्रमुख समाचार

साउन २ गते बिहिबार सार्वजनिक विदा



विभिन्न स्थानिय तहले आफ्नो आवश्यकता र विशेष परिस्थितीमा सार्वजनिक विदा दिँदै आएका छन् । यहिक्रममा ललितपुरको गोदावरी नगरपालिकाले साउन २ गते बिहिबारको दिन सार्वजनिक विदा दिएको छ ।

हरेक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गरेको भोलीपल्ट कार्यक्रम सम्पन्न गर्नमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण नगरवासीलाई धन्यवाद दिदै सो को सार्वजनिक विदा दिने गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, नगरपालिकाले असार २६ गते सार्वजनिक गरेतापनि कामको चापका कारण उक्त दिनको सट्टा साउन २ गते गोदावरी नगरपालिका र सो अन्तर्गत सबै वडा कार्यालयहरुमा एक दिन सार्वजनिक विदा दिने नगर कार्यपालिकाको निर्णय गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार १३:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।