प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कम्युनिष्ट सरकारको अपरिपक्वता र दम्भले गर्दा राष्ट्रियता ईतिहास कै कमजोर बनेको बताउदै देशको अस्मिता र राष्ट्रियतामाथी खेलवाड नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
सरकारका हरेक गतिबिधीले अन्तराष्ट्रिय तहमा देशको छबी धमिलिंदै गएको बताउदै डा.कोइरालाले प्रश्न गरे- भेनेजुयलाका राष्ट्रपतीका छोरा र मन्त्रीहरुलाई बोलाएर कम्युनिष्ट नेताहरुले के गर्न खोजेको ? यसले नेपालको छबी कहा पुग्छ ? अन्तराष्ट्रिय स्तरमा के संदेश जान्छ ?

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको प्रथम जिल्ला परिषदलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता डा. कोइरालाले सरकारका अराजकता बिरुद्ध सडक र सदनमा आगो बाल्नुपर्ने समयमा कांग्रेस आन्तरिक समस्या र द्धन्दमा अल्झिरहनु दुखद भएको पनी बताए ।
कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेसपार्टी भित्रको झगडाले कम्युनिष्टहरुले बहुमत ल्याएको बताउदै पार्टीका बृद्ध नेताहरुले अब बिश्राम नलिए अधिवेशनबाट बिस्थापित गरिदिने चेतावनी दिए । भण्डारीले आफ्ना कार्यकर्ताहरुलाई जग्गा बाड्न कम्युनिष्ट सरकारले गुठी बिधेयक ल्याएको बताए ।




















प्रतिक्रिया