Logo

प्रमुख समाचार

लेनिनकाे ईश्वर पोखरेलसँग भेटपछि प्रचण्डनिवास खुमलटारमा ७ रेक्टरको भूकम्प



पूर्व वालसेना तथा बहिगर्मित जनमुक्ति सेनाका इन्चार्ज लेनिन विष्ट १० बर्षे द्धन्द्धकालमा तत्कालिन माओवादीले बालसेनको प्रयोग गरेको कारण त्यसको मूल्य तत्कालिन माओवादी नेतृत्वमा खास गरि प्रचण्ढ र बावुरामलाई तिराएरै छोड्ने अठोट सहित मैदानमा उत्रिएका छन् ।

बहिगर्मित पूर्वमाओवादी जनसेनालाई संगठित गरेर लेनिनले प्रचण्डविरुद्ध दवाव सिर्जना गर्दै लगेका छन् । ३ महिनाको लामो युरोप भ्रमण सकेर केहि समय अगाडि मात्रै नेपाल फर्किएका लेनिनले अहिले आफ्नो मागलाई लिएर व्यापक मिडिया क्याम्पेनिङ गरिरहेका छन् ।

युरोपबाट फक्रिए लगत्तै लेनिनको व्यापक सक्रियताले प्रचण्ड निवास खुमलटार नमज्जासँग झस्किएको छ । केहिदिन अघि मात्रै राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर आफू सहितको बहिगर्मित जनमुक्ति सेनाको टोलीले प्रचण्ड बावुरामलाई ३ महिनाको अल्टीमेटम दिएको छ । ३ महिना भित्र आफ्ना माग पुरा नगरे प्रचण्डविरुद्ध अन्तराष्ट्रिय अदालतमा मुद्धा हाल्ने चेतावनी दिएका छन् ।

प्रचण्डलाई सबैभन्दा सताउँने विषय नै बालासेनको मुद्धा, युद्ध अपराध र हेग पुर्याउँछु भन्ने कुरा नै हो । युरोपबाट फर्किपछिको लेनिको सक्रियताले प्रचण्ड क्यापमा भुकम्पनै गएको छ ।

कतिपयले पश्चिमा शक्तिकेन्द्रहरुले लेनिनलाई प्रयोग गरेर प्रचण्डलाई तर्साउँन खोजको आरोप लगाएका छन् भने कतिपयले डलरवादीहरुले लेनीनलाई मोहोरा बनाएर प्रचण्ड विरुद्ध विषमनन गर्न लगाएको आरोप पनि लगाएका छन् ।

जे होस् बहिर्गमित पूर्बजनमुक्ति सेनाको टोली प्रचण्ड बावुरामलाई आफ्नो माग पुरा गरेर माफी नमागे कुनै हालतमा हेग पुर्याएरै छोड्ने उद्घोष गरेर अगाडि बढेको छ । प्रचण्डलाई दवाव बढाउँदै लगेको उनिहरुको अभियान आगामी दिनमा कसरी अगाढी बढ्छ त्यो रोचक विषय हुनेछ ।

युरोप जानु भन्दाअघि पनि ईश्वर पोखरेल पोखरेललाई भेटेका लेनिनले युरोपबाट फर्कियपछिको भेटलाई विशेष रुपमा हेरिएको छ भने पूर्वमावोबादीखेमामा कतै पूर्व एमालेको चाल त हैन भन्ने भान परेको छ भने प्रचण्ड निवास तथा पूर्वमावोबादी बृतमा ७ रेक्टर स्केलको भूकम्प आएको छ ।

पछिल्लो समय प्रचण्डले नामै सुन्न नचाहने नेकपाका नेता भनेर चिनिएका उपप्रधान तथा रक्षामन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य इश्वर पोखरेलले पूर्व वालसेना लेनिन विष्टसँग २ पटक भेट गरेका छन् ।

नेकपामा स्कुल विभागको विवाद पेचिलो बन्दै जाँदा पूर्व माअ‍ोवादीको असाध्यै अरुचिका पात्र इश्वर पोखरेलसँग लेनिको भेटलाई  निकै अर्थपूपमा हेरिएको छ । विष्टले आफ्नो सामाजिक संजालमा फेसबुकमा २ पटक नै फरक समयमा मन्त्री पोखरेलसँगको भेटको तस्बिर सार्वजनिक गरेका छन् ।

विष्टले सार्वजनिक गरेको तस्बिरमा उनि र मन्त्री पोखेरल दुवै अट्टहास हाँसोमा समेत रमेका छन् । समयका हिसाबले पोखरेल र बिष्टको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । विष्ट ३ महिना भित्र प्रचण्डलाई जेल हाल्ने मिसन लिएर हिँडेका छन् भने पोखररेल प्रचण्डलाई अरुचीका पात्रको रुपमा पार्टी भित्र परिचित छन् ।

रोचक कुरा त पार्टी एकताकै बेलादेखि पूर्व माओवादी केन्द्रको टार्गेटमा पोखरेल परिरहेका छन् । अहिले नेकपाले पार्टी एकतालाई अन्तिम रुप दिनै लाग्दा पोखरेललाई कुनै हालतमा स्कुल विभाग नदिने अडान पूर्व माओवादी केन्द्रले राखेकै कारण नेकपा पार्टी एकताको हलो अड्कीएको छ । विष्टलाई पोखरेलले भेटेसँगै यस विषयलाई खुमलटारले कस्तो प्रतिक्रिया दिन्छ त्यो भने हेर्न बाँकी नै छ ।

भित्र भित्रै यसरी हुदैछ प्रचण्डलाई जेल हाल्ने तयारी

बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तरराष्ट्रिय फौजदारी अदालत हेग जाने चेतावनी दिएका छन्। केहि दिन अघि काठमाडौँमा नेपालमा पत्रकार सम्मेलन गर्दै बर्हिगमित जनमुक्ति सेनाले यस्तो बताएको हो।

पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे माओवादीका तत्कालिन नेताहरु प्रचण्ड डा.बाबुराम भट्टराईलगायत द्दन्दसँग जोडिएकाहरुलाई अन्तरराष्ट्रिय फौजदारी अदालतमा पुर्याउने चेतावनी दिएका हुन् ।

पूर्वबाल लडाकुको संस्था बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका इन्चार्ज लेनिन बिष्टले भने कि त प्रभावित बालबालिकाहरुका लागि आवश्यक र उपयुक्त सहयोग गरियोस् कि त सरकार र सरोकारवाला पक्षले बालसैन्य भर्तीबाट भएको अधिकारको उल्लंघनको जिम्मेवारी लियोस् ।

उनले थपे तीन महिनाभित्र प्रचण्ड र  बाबुराम भट्टराई लगायतका नेताहरुलाई हेग पुर्याइनेछ। बिष्टले जनयुद्धको औचित्य पुष्टि गर्न चुनौती दिंदै भविष्यमा फेरि गरिब नेपालीका छोराछोरी युद्धमा प्रयोग हुँदैनन् भन्ने सुनिश्चितता गर्न उनले माग गरे।

बिष्टले बर्हिगमित जनमुक्ति सेनाहरुको तत्काल बिनासर्त रिहा गर्न पनि माग गरे। आफूहरुको माग जायज भएकाले पूरा नभए अन्तरराष्ट्रिय फौजदारी अदालत द हेगमा उजुरीका लागि जान बाध्य हुने उनले बताए।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार १३:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।