प्रधानमन्त्री केपी ओली ओलीले आफ्नो बुद्धि बंगारा खुस्किएको बताएका छन् । बुद्धिबंगारा जरै देखि खुस्किदाँ पनि रगत भने नआको ओलीले बताए । पछिल्लो समय सार्वजनिक कार्यक्रममा खासै नदेखिएका प्रधानमन्त्री ओलीले आफ्नो शैली परिवर्तन गरेका समाचारले आजको छापा रंगिएका थिए ।
आवश्यकता अनुसार ठिक्क मात्रै बोल्न थालेको भनेर समाचार आएकै दिन प्रधानमन्त्री ओलीले आज शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा संञ्चालन गरिने नयाँ भवनको उद्घाटन कार्यक्रममा भने आफ्नो पुरानो बानि छोडेनन् । आफ्नो बुद्धि बंगारा खस्किएको प्रसंग सुनाएका ओलीले भाषण भने पुरै एक घण्टा ठोके त्यो पनि बसेकै ठाउँबाट ।
कार्यक्रम मा ढिलो आउँने र धेरै बोल्ने मामालमा माहिर ओलीले विरामी रहेकाले आउँकी नआँउ भनेर सोच्दा सोच्दै आफु कार्यक्रममा ढिलो आएको बताए । आफुले धेरै बोलेको महशुस भएर होला ओलीले विरामी भन्छ कति बालेको होला भन्ने तपाइहरुलाई लाग्दो हो म विरामी त हो नक्कली विरामी होइन अस्थायी विरामी ओलीले भने । ओलीले यसो भन्दा कार्यक्रम स्थल हाँसोले गुन्जीएको थियो ।
गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा संञ्चालन गरिने नयाँ भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो नभएको जानकारी गराइए पनि उनले झण्डै ४५ मिनेट भाषण गरे। भाषणमा गंगालाल अस्पतालको स्थापनादेखि पौराणिक, ऐतिहासिक महत्व राख्ने धेरै कथाका विषयवस्तु जोडिए। त्यो पनि सिलसिलाबद्ध रुपमा मिलाइमिलाइ।
उनको भाषणमा सुरुको कथा थियो९ जमदग्निले श्रीमतीलाई काटेको विषय। जमदग्निले श्रीमतीलाई काटे। छोरा परशुरामले बुबा मैले तपाईको आज्ञा त मानेँ। मेरो माग पूरा गरिदिनुपर्यो। जो तपाईंले वचन दिनुभएको थियो। मेरी आमालाई फेरी जस्ताको तस्तै ब्युँझाइदिनोस् । अनि जमदग्नीले अपरेसन गरेर ब्युँझाइदिए। जस्ताको तस्तै बनाइदिए।
दोश्रो कथा थियो (रामायण कालमा लक्ष्मण लंकामा घाइते भएको। लक्ष्मण युद्धमा घाइते भए। बेहोस भए। कोमामा गए। औषधीको थलो भनेको त फेरि हिमालय पर्वत हो। जाऊ हिमालयमा गएर औषधि लिएर आउ भनी हनुमानलाई भनियो। उनले औषधी बोकेर गए। लक्षमण ब्युँझिए।
तेश्रो कथा थियो ! पार्वतीका छोराको शिर हराएको। शनिको नजर पुग्ने बित्तिकै पार्वतीका छोराको शिर हराएको भयो। आपत् पर्यो। त्यसपछि छेउमा जे भटिन्छ त्यसको टाउको लेऊ भनियो। हात्तीको टाउको ल्याएर जोडे। म्याचिङको प्रोब्लम पनि मिलाएका रहेछन् त्यत्तिबेला, प्रधानमन्त्रीले पौराणिक कथा सुनाउँदा दर्शकवृत्तमा हाँसो फैलिरहेको थियो।
परापूर्वकालमा आश्विनीकुमारलगायत ऋषिले धन्वन्तरि आयुर्वेदको परम्परा अगाडि बढाएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पुर्खाहरुले अन्धविश्वासमा मात्रै नभई प्रयोगको अवधारणा अघि बढाएको बताए। पुर्खाहरुले स्वास्थ्य सम्बन्धी सबै समस्याको समाधान जडीबुटीबाट नै गरेको र स्वास्थ्यकर जीवन बिताएको भन्दै उनले आफ्नो भने ६७ वर्षकै उमेरमा कमजोर भएको र बुद्धिबंगारा पनि फुस्किएको बताए।
म ६७ वर्ष पूरा हुन लागेँ। हिजो बेलुका मेरो दाहिनेपट्टिको माथिल्लो भागको बुद्धिबंगारो आफैं खुस्कियो। १ सय १ वर्षमा मेरो हजुरआमाले भुटेको मकै भटमास चपाउनुहुन्थ्यो। संयोग कस्तो परेछ। मेरो चाँहि हिजो बेलुका मात्रै दाहिनेपट्टिको माथिल्लो बुद्धिबंगारो खुस्कियो। छामेर हेरेँ। जरा पनि छैन। रगत पनि आएन। कति असक्त भएको रहे’ उनले भने।
नेपालको भूगोल नै औषधि उम्रने तथा जन्मने र हुर्कने किसिमको भएको र जडीबुटीको प्रयोगमा पुर्खाहरुको असाधारण रहेको उल्लेख गर्दै उनले आधुनिक उपचार पद्धतिमा प्राप्त गरेको सफलता तिनै पुर्खाको जेनेटिक मेमोरीका कारण भएको बताए।
त्यो कल्पना असंभव कल्पना मात्रै थिएन। पुष्पक विमान परापूर्व कालमा कल्पना गरिएको थियो। अनौठो लाग्छ। पुष्पक विमान लिएर रामलाई लिन लंका गइयो। एयरपोर्ट बनाएको थिएन। पुष्पक विमान हेलिकप्टरझैं ल्याण्ड गर्थ्यो र हेलिकप्टर झैँ टेकअफ गर्थ्यो। एयरपोर्टको चाँहि कहीँ वर्णन पाईँदैन, प्रधानमन्त्री ओलीले भने।
आधा दर्जन बढी पौराणिक, ऐतिहासिक कथाका विषयवस्तुहरु राखेका प्रधानमन्त्री ओलीले भाषणको अन्त्यमा पुग्नै लाग्दा आफू अस्वस्थ रहेको तर भाषण भने लामो गरेको स्वीकार गर्दै नक्कले बिरामी भन्ने भान हुने हो कि भन्दै ठट्टा गरे।
कल्ले पत्याउने ? स्वास्थ्य त्यत्ति राम्रो नभएर नआउने भनेर सुतिरहेको थिएँ। हैन आउनु न त भनेर अलि जोडै गरेपछि उठेर आएको हुँ। बोल्दै जाँदा लामो भएपछि यो नक्कली बिरामी हो कि क्या हो भन्ने पर्ला। म अस्थायी बिरामी हुँ। यो नक्कली चाँहि होइन, उनको ठट्यौली थियो।अस्पतालले स्थापनाकालदेखि अहिलेसम्म १७ हजार बिरामीको ओपनहर्ट सर्जरी गर्न सफल भएकोमा धन्यवाद दिँदै आगामी दिनको सफलताको पनि कामना गर्न भने छुटाएनन्।
प्रदेश नम्बर ५ का २ मन्त्रालयमा थप भौतिक निर्माण, एक मन्त्रालयको तयार, अर्कोको ३० प्रतिशत बाँकी
प्रदेश नम्बर ५ का २ मन्त्रालयहरुले आफ्नो मन्त्रालय परिषरलाई स्थायीको झल्को दिनेगरी ब्यवस्थीत गर्ने कार्य शुरु गरेका छन्। प्रदेश नम्बर ५ अन्तरगतका भौतिक पूर्वाधार बिकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा व्यवस्थीत गर्न लागिएको हो।
जस मध्य भौतिक पुर्वाधार बिकास मन्त्रालयको कार्य सकिएको छ। गत चैत्र अन्तिम हप्ता ५२ लाखको टेण्डरमा भौतिक पूर्वाधार बिकास मन्त्रालयमा शरु भएको काम टेण्डर समय असार भित्रै समापन भएको ठेकेदार आकृति मालिका कन्स्ट्रक्सन प्राली कुपनटोल ललितपुरका सञ्चालक मनोज अर्यालले बताए। उनले असार मसान्त सम्म गरिसक्ने गरी टेण्डर भएको र अन्तीम दिन सम्ममा काम समापन भएको बताए।
यता भौतिक पूर्वाधार बिकास मन्त्री तथा सरकारका प्रबक्ता समेत रहेका मन्त्री बैजनाथ चौधरीले अन्य प्रयोजनका लागि निर्माण गरीएका भवनमा मन्त्रालय राखिएको बताउँदै मन्त्रालयको ढाँचामा लैजाने लागेका बताए। उनले काम गर्नको लागि सहज वातावरण सिर्जना गर्नको लागि आवश्यक पुर्वाधार बनाउनु पर्ने र त्यो काम भईरहेको बताए।
उनले भने –‘मन्त्रालयको लागि बनेका मन्त्रालयमा हामी बसेका छैनौँ। यहाँ न पार्किङ्ग नै राम्रो थियो भने पानी पर्दा हिलो हुने अबस्था थियो त्यसैले यो कार्य शुरु गरेका हौँ।’
यो कार्यले मन्त्रालयको पुर्वाधारमा कमि नआउने र पार्किङ्गमा सहजता लगायतका कार्यहरु हुने उनको भनाई छ। नाला, पार्किङ्ग, टायल तथा फुलबारी लगायतका कुराहरु समावेस भईरहेको ठेकेदार अर्याल बताउँछन्। उनले पानी पर्दा २ दिन काम रोक्नुपर्ने अवस्था आएपनि भौतिक पुर्वाधार बिकास मन्त्रालयको कार्य भने समयमानै सकिएको बताए।
यता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा भने निर्माणको कार्य अझैसम्म ७० प्रतिशत मात्रै काम सकिएको छ। ठेकेदार कम्पन्नी आकृति मालिका कन्स्ट्रक्सन प्राली कुपनटोल ललितपुरले बैशाखको अन्तिममा लिएको ठेक्काको काम गर्दा पानी पर्दा गर्न नसकिएको बताएको छ।
भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्तरगतको सहरी सञ्जाल भवन कार्यालय भैरहवाबाट ४५ लाखमा भएको टेण्डरमा असार मसान्त सम्म गरीसक्ने सम्झौता भएको थियो। धेरैजसो काम सकिएको तर पिज गर्ने लगायतका कामहरु पानी परेको समयमा गर्न नसकिने हुँदा काम रोकिएको ठेकेदार कम्पनी सञ्चालक मनोज अर्यालले बताए।
उनले असारे बिकास भन्ने समाचार आफुले देखेको बताउँदै त्यस्तो कार्य नहोस् भन्नका लागि काम रोकिएको बताए। उनले आफुले गुणस्तरीय कार्य गरेको दाबी समेत गरेका छन्। उनले अब ५ दिन घाममा लागेमा काम सबै सम्पन्न हुने बताए। सरकारले जेठ महिनामा टेण्डर खुलाउने परम्परा हटाउनु पर्ने उनको भनाई छ। उनले काम गर्नको लागि आवश्यक समय उपलब्ध गराउनु पर्ने बताउँछन्।
उनले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भनेको कुरा सम्झिदै भने –‘मुख्यमन्त्री जि ले जेठ मसान्त सम्म सक्नुपर्ने भन्नुभएको थियो, यो राम्रो कुरा हो तर त्यसको लागि छिटो नै टेण्डर खुलाउनु पर्छ। हामीकहाँ जेठ लाग्ने बेला खोलीन्छ। समय पनि थोरै हुन्छ काम पनि गुणस्तरहीन्। ’




















प्रतिक्रिया