Logo

वैदेशिक रोजगार कल्याणकारी कोषको रकम अब ‘खल्ती’बाटै लिर्न सकिने 



वैदेशिक रोजगार कल्याणकारी कोषको रकम भुक्तानीको लागि अब लाइन नबसी ‘खल्ती’ एपबाटै अनलाइन तिर्न सकिने भएको छ । 
वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले वैदेशिक रोजगार कल्याणकारी कोषमा भुक्तानी गर्ने रकम अब ‘खल्ती डिजिटल वालेट’बाटै अनलाइन तिर्न सक्छन् । यो सुविधा व्यक्तिगत तथा म्यानपावरमार्फत जानेहरू सबैले प्रयोग गर्नसक्छन्।
भुक्तानी गर्न चाहनुहुनेले खल्ती डिजिटल वालेट एप डाउनलोड गरी वा Khalti.com वेव पेजको होम स्क्रीनमा गइ सरकारी सेवा मेनुबाट वैदेशिक रोजगार कल्याणकारी कोष ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्छन् । वैदेशिक रोजगारीमा ३ वर्षभन्दा थोरै समयका लागि जाने व्यक्तिले १५०० र ३ वर्षदेखि १० वर्षसम्मका लागि व्यक्तिले २५०० रूपैयाँ कल्याणकारी कोषमा बुझाउनुपर्छ । वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जानेहरूले आफैं र म्यानपावरमार्फत जानेहरूले कम्पनीबाट एकमुष्ट रूपममा खल्ती एपमार्फत उक्त शुल्क भुक्तानी गर्न सक्छन् ।
कल्याणकारी कोषमा यसरी जम्मा भएको रकम वैदेशिक रोजगारमा गएर अलपत्र परेका, पीडित, आर्थिक अवस्था नाजुक भएका नेपालीहरुको उद्दार गर्न तथा उनीहरूको हितमा प्रयोग गरिन्छ । 

‘खल्ती’ डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६०ं बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’ का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् । 

कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप?

‘खल्ती डिजिटल वालेट’ Khalti.com/app बाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । मोबाइलमा डाउनलोड गर्न गुगल प्ले स्टोर वा एप्पल स्टोरमा यो एप उपलब्ध छ । 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार १२:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।