प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गुट र उपगुटमा विभाजित भएको पार्टीलाई एक ढिक्का बनाएरै छाड्ने उद्घोष गरेका छन् । बैचारिक गुट हुनुपर्नेमा गिरोह हावी भएकाले राम्रा र योग्य ब्यक्तिलाई पार्टीमा उचित स्थान दिन नसकिएको कोइरालाले स्वीकार गरेका छन् ।
आफुलाई पदको कुनै लोभ नभएको बताउदै डा. कोइरालाले काग्रेसलाई एक ढिक्का बनाएर पुरानै अवस्थामा फर्काउन अब कुनै कसर बाँकी नराख्ने समेत बताएका छन् ।
गाउ र दुर-दराजमा पुगेर मैले पार्टी र लोकतन्त्रका लागि जिवन भर लडाईँ लडेका साथीहरुको अवस्था देखेको छु । यो तरिकाले पार्टी चल्न सक्दैन भन्ने निष्कर्षमा पुगेको छु । अब पनि हामी जिम्मेवार नभए कहिले हुने ? डा. शेखरको प्रश्न थियो ।
कुनैवेला बिपी, सुवर्णशमसेर, गणेशमान र किशुनजीकाबीचमा चरम बैचारिक मत भिन्नता थियो । उहॉहरु आ-आफ्नो बिचारमा अडिग हुनुहुन्थ्यो तर कहिल्यै ति मत भिन्नता कार्यकर्ता सामु आएन डा. कोइरालाले भने- अहिले हामी नेताहरुकै कारण पार्टी मात्रै होईन कार्यकर्ताको मानसिकता पनी बिभाजित छ ।
नेपाली कांग्रेस, तरुण बिभाग मोरङ्ले बिराटनगरमा आयोजना गरेको तरुण युवा सॅग कांग्रेस बिषयक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता डा. कोइरालाले सरकारकै कारण सङ्घीयता गुम्ने खतरा बढेको समेत बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौला, मोरङ् कांग्रेसका सभापति डिगबहादुर लिम्बु, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, प्रदेस सभा सदस्य केदार कार्की लगायतले आ-आफ्नो मन्तब्य राखेका थिए ।




















प्रतिक्रिया