अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको उपलब्ध भएपनि सबैले व्यक्तिगत इच्छाका आधारमा खोप लगाउन पाउने बताएका छन् । उनले अमेरिकीहरुलाई कोरोना विरुद्धको खोपको लागि बाध्यकारी नबनाइने बताएका छन् ।
राष्ट्रपतिका रुपमा मेरो शक्तिले भ्याएसम्म मैले खोपका लागि सबैलाई जागरुक बनाउने प्रयास गर्ने छु । तर कुन बेला कहाँ खोप लगाउने भन्ने व्यक्ति स्वयम्ले निर्णय गर्न पाउने छ , उनले भने ।
कोभिड–१९ बाट शुक्रबार अमेरिकामा अहिलेसम्मकै सबैभन्दा बढी २५ सयभन्दा धेरै व्यक्तिको मृत्यु हुँदा दुई लाख २५ हजार व्यक्ति संक्रमित थपिएका थिए ।




















प्रतिक्रिया