Logo

स्वास्थ्य

‘मेथीको साग’ मधुमेह र मुटु रोगीका लागि लाभदायक,



विशेष गरी हामीले मसलाको रुपमा मेथीको दानालाई प्रयोग गदर्छौं । मेथीको दानाजस्तै यसको पात (साग) पनि स्वास्थ्यका लागि धेरै फाइदाजनक छ ।

मेथीको सागले दुवै प्रकारका मधुमेह (टाइप १ र टाइप २)का रोगीलाई फाइदा पु¥याउँछ । मेथीले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ, जुन मधुमेह बिरामीहरूका लागि अत्यन्त महत्वपूर्ण हुन्छ ।

यसमा पाइने फाइबरले पाचनलाई स्लो गर्दछ, जसको कारण शरीरमा चिनीको अवशोषण छिटो हुँदैन । मधुमेहका बिरामीहरूले मेथीको साग खानु निकै राम्रो मानिन्छ ।

त्यस्तै, मेथीको सागले कोलेस्ट्रोलको अवशोषण कम गर्दछ र कलेजोमा कोलेस्ट्रोलको गठन रोक्दछ । यो मधुमेह भएका एथेरोस्क्लेरोसिस बिरामीहरूको लागि पनि धेरै फाइदाजनक हुन्छ । केही अध्ययनका अनुसार मेथीको सागले शरीरमा राम्रो कोलेस्ट्रोल (एचडीएल) बढाउन र खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्दछ ।

यसका साथै आमाको दूध बच्चाको विकासको लागि धेरै महत्वपूर्ण हुन्छ । मेथी स्तनपानको उत्पादनको एक राम्रो स्रोत पनि हो । त्यसकारण, प्रसूतिपछि मेथीको साग खान महिलालाई सल्लाह दिइन्छ । तरकारी बाहेक यसको जडिबुटी चिया पनि बनाउन सकिन्छ ।

त्यस्तै, मेथीको सागमा फाइबर पनि पाइन्छ, जसले एन्टिअन्सिडेन्ट गुणहरूको साथै पाचनमा सुधार गर्दछ । पेटको समस्या भएकाहरुले आफ्नो आहारमा मेथी साग समावेश गर्नुपर्छ ।

मेथीको चियाले कब्ज, अपच र पेट दुखाइ कम गर्दछ । यसबाहेक यो आन्द्राको सूजन र पेटको अल्सरका लागि पनि धेरै लाभदायक हुन्छ । मेथी सागले एसिडिटी पनि कम गर्दछ ।

त्यस्तै, मेथीको सागले पुरुषमा टेस्टोस्टेरोन हर्मोनको उत्पादन बढाउने काम गर्दछ । मेथीमा फुरोस्टेनोलिक सैपोनिन्स हुन्छ, जसले टेस्टोस्टेरोन वृद्धि गर्छ ।

प्रकाशित मिति : मंसिर २१, २०७७ आईतबार  ८ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।