Logo

कोशी प्रदेश

कम्युनिस्टको गढमा उदाए यी कांग्रेसी नेता, सामाजिक कामले दुनियाँ चकित



मोरङको कानेपोखरी गाउँपालिकाका युवा व्यवसायी तथा समाजसेवी देवेन्द्र लुईटेलले शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरुलाई ह्वीलचियर तथा बैसाखी प्रदान गरेका छन् । बयरबन बजारमा आयोजित तिज बिशेष कार्यक्रममा उनले उक्त सहयोग गरेका हुन् ।

सहभागी हुन नसक्नेलाई घर घरमा लगेर बितरण गरिएको छ । यसरी शारीरिक रुपमा अपाङ्ग भएर व्हील चियर पाउनेहरुमा धब्लु सन्थाल, केदार कार्की, फूलेश्वरी राजबंंशी, घुरन चौधरी, कृष्ण बहादुर माझी, मकार जित तामाङ्ग, भवेश राई, कर्ण बहादुर गुरुङ, लहनसरी राई ,कृष्ण प्रसाद पराजुली, भोला भुजेल, लाख बहादुर लिम्बु, बोधरानी लिम्बु रहेका छन् । यस्तै कार्यक्रममा एक हाते बैसाखी पाउनेहरुमा भिम प्रसाद न्यौपाने, जानकी ऋषिदेव, भुट्टी मुसहर, बिपते माझी, दल बहादुर मगर र दृष्टी बिहिनहरुमा गोमा बस्नेत र शेर बहादुर खड्का रहेका छन् ।

अपाङ्ता भएपनि हिडडुल गर्न सहज होस भनेर करीव ३ लाख रुपैया खर्च गरेर आफुले सहयोग गरेको समाजसेवी लुइटेलले बताएका छन् । १४ वटा ह्वील चियर र ८ वटा बैशाखी प्रदान गरिएको थियो । समाजसेवी लुईटेलको सामाजिक काम प्रति अपाङ्गता भएका स्थानीयहरुले खुशी प्रकट गरेका छन् भने सहभागीहरुले लुइटेलको प्रशंसा गरेका छन् ।

समाजसेवी लुईटेलले यसअघि गाउँपालिकाभित्र रहेका २४ वटा बिद्यालयमा अध्यनरत २५० जना बाल शिक्षाका बिद्यार्थीहरुलाई २५० वटा ब्याग, पेनसिल, कलम, कापी, किताव लगायतका विभिन्न शैक्षिक सामाग्री वितरण गरेका थिए । लुईटेलको कामलाई देखेर बिद्यालय परिवार र बिद्यार्थीका अभिभावकहरु मात्र खुशी नभएर कानेपोखरी गाँउपालिकाका युवादेखि बुढाबुढीसम्मले लुईटेललाई सम्झने गर्दछन् । उनी अहिले गरिव र दिनदुखीको अभिभावक भएका छन् ।

केही समय अगाडि समाजसेवी लुईटेलले एसइईको परिक्षामा उत्तिर्ण हुने कानेपोखरी गाँउपालिकाका दुई जना बिद्यार्थीहरुका लागि दुई थान साइकल सहयोग गरेका थिए । उनले कानेपोखरी गाउँपालिकामा विभिन्न खालका सहयोग, खेलकुद समाग्रीहरु वितरण जस्ता कार्य गर्दे आएका छन् । यस्तो खालको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने लुईटेलले जानकारी दिए ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार ०७:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।