वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारको सबैभन्दा पुरानोमध्ये एक मानिएको प्राकृतिक चिकित्सा पद्धतिलाई संरक्षण र संवद्र्धन गरिनुपर्ने बताएका छन् ।
शनिबार ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्वारा हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल (प्राकृतिक चिकित्सा) को उद्घाटन कार्यक्रम गर्दै मन्त्रीले वैकल्पिक उपचार पद्धतिका रूपमा रहेको प्राकृतिक चिकित्साको विकासमा सरकारले सहयोग गर्ने धारणा राखेका छन् । पौडेलले हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल सबैको साझा सम्पत्ति भएको उल्लेख समेत गरे। अस्पताललाई टिकाउन तथा माथि उठाइराख्न सबैले अपनत्व लिनुपर्ने उनको भनाइ छ ।
उनले अस्पताल स्थापना भएको केही महिनामै सेवाग्राहीको मन जित्न सकेको पाइएको बताउँदै गुणस्तरीय सेवा प्रवाहमा निरन्तर लाग्न अनुरोध गरेका छन् ।
प्रतिक्रिया