पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कुल संक्रमितको संख्या२ लाख ४० हजार ९८१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५ सय ५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ५४ हजार ८०५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ५ सय ९४ जना संक्रमितको मृत्यु भइसकेको छ ।
त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ । निको हुनेको संख्या ९३. ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया