उदयपुरको वेलका नगरपालिकामा भ्रष्टाचार भएको पाइएको छ । जिल्लाको सबैभन्दा कान्छो नगरपालिकाको रुपमा रहेको वेलकामा जनप्रतिनिधि तथा कर्मचारीहरुको मिलेमतोमा भ्रष्टाचार भएको खुलासा भएको हो ।
नगरको बजेटमा निर्माण भएको एक बाटोमा लाखौं रुपैयाँ भ्रषटचार भएको भन्दै अख्तियारले १३ जनालाई बयानका लागि बोलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले नगरपालिकाकी उपमेयर राजकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत पुस्कर भट्टराई, वडा नम्बर ४ का अध्यक्ष दीपक दंगाल लगायतलाई बयानका लागि अख्तियारले बोलाएको छ ।
सडक निर्माण गर्ने उपभोक्ता समितका अध्यक्ष ढकबहादुर विष्ट, उनको समितिका सचिव र कोषाध्यक्ष साथै इञ्जिनियरहरुलाई समेत अख्तियारले बयानका लागि बोलाएको छ ।
अख्तियारले एउटा बाटोमा मात्रै २० लाख रुपैयाँ भ्रष्टाचार भएको प्रारम्भिक अनुमान गरेको छ । यति ठूलो काण्ड हुँदा समेत नगरपालिकाका मेयर दुर्गाकुमार थापा (स्वस्तिक) भने चुपचाप बसेका छन् । मेयर चुपचाप बसेकाले भ्रष्टाचारमा उनको समेत संलग्नता भएको हुन सक्ने स्थानीयको आशंका छ ।




















प्रतिक्रिया