Logo

स्वास्थ्य

तारकेश्वर नगरपालिकामा होम आइसोलेशनमा बसेकालाई रु पाँच हजार दिइने



राजधानीको तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ ।

नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो ।कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए ।

 हाल नगरपालिकामा कोरोना सङ्क्रमित दुई हजार ८६ रहेकामा ८६६ महिला र एक हजार २२० पुरुष छन् । निको हुनेको सङ्ख्या एक हजार ८२९ छ । कोरोनाबाट अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित २५० जना पुगेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ११:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।