आइतवार राति कोटेश्वर मुनिभैरव नजिकै रहेको एनआइसी एशिया बैंकको एटिएम मेसिन फूटाइरहेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दक्षबहादुर बस्नेतका अनुसार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका १८ वर्षीय अनिल तामाङलाई नियन्त्रणमा लिएको हो । तामाङले एटीएमबाट रकम भने झिकिसकेका थिएनन् । घटनाकाो थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिएका छन् ।





















प्रतिक्रिया