ललितपुरको महालक्ष्मी नगरपालिका-१ ईमाडोल डेरा गरी बस्ने २७ वर्षीय रुद्र बहादुर थापाको कोठाबाट सुनका विभिन्न गहना, १ थान ल्यापटप र नगद १० हजार रुपैयाँ समेत गरी करिब ६ लाख ३० हजार बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
त्यस्तै मोरङ जिल्लाको विराटनगर महानगरपालिका-११ बसपार्क पछाडी बस्ने दिनेश कुमार कार्कीको घरबाट लत्ताकपडा, बाथरुममा प्रयोग गर्ने स्टिलको धारा लगायतका सामान समेत गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
उता सुनसरीको दुहबी नगरपालिका-१२ बुग्दरी बस्ने संजय माझीको घरबाट सुनचाँदीका विभिन्न गहना, टिभि समेत गरी करिब ४ लाख रुपैयाँ बराबरको धनमाल शनिबार राति चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले अवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





















प्रतिक्रिया