Logo

सुरक्षा/अपराध

विभिन्न ठाउँमा धनमाल चोरी



ललितपुरको महालक्ष्मी नगरपालिका-१ ईमाडोल डेरा गरी बस्ने २७ वर्षीय रुद्र बहादुर थापाको कोठाबाट सुनका विभिन्न गहना, १ थान ल्यापटप र नगद १० हजार रुपैयाँ समेत गरी करिब ६ लाख ३० हजार बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

त्यस्तै मोरङ जिल्लाको विराटनगर महानगरपालिका-११ बसपार्क पछाडी बस्ने दिनेश कुमार कार्कीको घरबाट लत्ताकपडा, बाथरुममा प्रयोग गर्ने स्टिलको धारा लगायतका सामान समेत गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

उता सुनसरीको  दुहबी नगरपालिका-१२ बुग्दरी बस्ने संजय माझीको घरबाट सुनचाँदीका विभिन्न गहना, टिभि समेत गरी करिब ४ लाख रुपैयाँ बराबरको धनमाल शनिबार राति चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले अवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १३:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।