नेपाली कांग्रेसबाट जितेर उमेयर भएकी उपमहानगर उपमेयर उमा मगर अहिले निकै चर्चामा आएकी छिन् ।
उपमेयर चर्चा मात्र हैन विवादमै तानिएकी छिन् । उनले दसैंको टीका लगाएर पिताजीलाई अस्वभाविक तरिकाले खुट्टा ढोक्न लगाएको फोटो आफ्नो फेसबुकमा राखेकी छिन् । आफ्नो फोटो विवादमा आएपछि उनले उक्त फोटो भने एकाउन्टबाट हटाएकी छन् । अन्य फोटो जस्ताको तस्तै छन् ।
उपमेयर जस्तो गरिमामय पदीय हैसियत नै भुलेर सामाजिक उश्रृंखलता र विकृति विसंगति मञ्चाउने खालको काम गर्न सुहाएकी छैनन् । नेतृत्व र अनुकरणीय हुनुपर्ने हो, तर यस्तो नेतृत्वको चालचलन र व्यवहारलाई कसरी अनुकरण गर्न सकिन्छ र नेपालगञ्ज उपमहानगरका जनताले कस्ता व्यक्तिलाई जनप्रतिनिधि बनाएछन् ।
चिनियाँ राष्ट्रपतिको स्वागतका ब्यानर च्यातियो…
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि बनाइएका ब्यानर च्यातिएको छ । काठमाडौंको तिनकुनेस्थित लायन्स आँखा अस्पताल नजिकै लगाइएको ब्यानर च्यातिएको हो ।
नेपाल भ्रमणमा आउन लागेका सी को स्वागतका लागि काठमाडौंका विभिन्न स्थानमा नेपालको संस्कृति झल्किने खालका तस्बिरसहितको ब्यानर राखिएका छन् । ती मध्ये तिनकुने क्षेत्रमा राखिएको ब्यानर च्यातिदिएको हो ।
ब्यानर च्यातेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर गाइघाटका २६ वर्षीय गोपाल सार्की रहेका छन् । मंगलबार राति ९ बजेतिर मापसे गरेर ब्यानर च्यातिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सार्कीमाथि अभद्र व्यवहारको मुद्दा चलाइने प्रहरीले जनाएका छन् ।




















प्रतिक्रिया