Logo

कोशी प्रदेश

जब बाबुराम भट्राईले श्रीमतीलाई प्रेसर कुकरले हाने…



विराटनगर महानगरपालिका–१ बुद्धचोकका ५८ वर्षीय बाबुराम भट्राईले प्रेसर कुकरले हानेर आफ्नै श्रीमती ५३ वर्षीय मञ्जु भट्राईलाई घाइते बनाएका छन् ।

सामान्य घरसायी विवादमा बिहीबार श्रीमानको कुकर प्रहारबाट गम्भीर घाइते भएकी मञ्जुको कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

उनकाअनुसार मञ्जुको टाउकोमा गम्भीर चोट छ । प्रहरीले घरयासी विवाद भने पनि कस्तो विवादका कारण घटना भएको हो भन्ने बारेमा खुलाएको छैन । घटनापछि फरार रहेका बाबुरामको खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ ।

चिनियाँ राष्ट्रपतिले चढ्ने कार सबैभन्दा महंगो, के छन् विशेषता ?

दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिन फिङले चीनबाटै ल्याइएको कार प्रयोग गरेका छन् ।अहिले बजारमा उनले चढेको कारको विषयमा चर्चा चुलिएको छ । उनले नेपाल भ्रमणका समयमा कस्तो गाडी चढे भनेर चासो लिनु स्वाभाविक पनि हुनसक्छ ।

उनले प्रयोग गरेको गाडी चीनमै उत्पादन भएको ‘होङ्सी लिमोजिन एचक्यूई’ ब्रान्डको गाडी हो । चिनियाँ राष्ट्रपति चढेको यो गाडीलाई कुनै पनि बम तथा गोलीको आक्रमण हुँदा पनि त्यसबाट सुरक्षित राख्दछ ।यो गाडी चीनमा सबैभन्दा महंगो गाडी हो ।

उक्त गाडीको मूल्य ८ लाख १ हजार ६ सय २४ अमेरिकन डलर पर्दछ । गाडीले ३ हजार १ सय ५२ केजीसम्म सजिलै बोक्न सक्ने क्षमता राख्दछ ।चिनियाँ सञ्चारमाध्यमले जनाएअनुसार यसमा रोल्स रोयसको ह्वील रहेको छ । उक्त गाडी गाडी विश्वकै महंगो गाडी मध्येमा पर्छ ।

गाडीको ह्वीलवेस ३९०० एमएम रहेको छ । लम्बाई ६३९५ एमएम लम्बाई तथा २००४ एमएम चौडाई र १७२० एमएम उचाई गाडीको रहेको छ ।गाडीमा भी–१२ ६।० लिटर इञ्जिन भने ५६०० आरएमपी रहेको छ । गाडी उत्पादक कम्पनीले २ वर्ष लगाएर उत्पादन गरेको हो । हाल उक्त गाडी १७ थानमात्रै रहेका छन् ।चीनमा सन् २०१० देखि होङ्सी लिमोजिन ब्रान्डको गाडी उत्पादन थालिएको हो ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आईतवार ०३:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।