Logo

स्वास्थ्य

कोरोनाबाट ७६ वर्षीया महिलाको निधन



तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडाँैस्थित मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड टा्रन्सप्लान्ट  सेन्टरमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जनाएको छ ।

ती महिलामा मुटुसम्बन्धी समस्या  थियो । भदौ २० गते अस्पताल भर्ना हुनुभएका उहाँलाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो । उपचारका लागि चितवन पुगे पनि स्वास्थ्यमा सुधार नभएपछि उहाँलाई काठमाडौँ लगिएको जनाइएको छ । यससँगै तनहुँमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरा, व्यास–२ की २० वर्षीया युवतीको काठमाडौँ र म्याग्दे गाउँपालिका–१ की ९६ वर्षीया महिलाको काठमाडौँमा निधन भएको थियो । रासस 

प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार  ३ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।