Logo

शेयर बजार

अन्तिम दिन पनि बढ्न सकेन सेयर बजार



साताको अन्तिम दिन पनि सेयर बजार बढ्न सकेन । आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ६ अंकको गिरावट आएको छ । आज नेप्से ६.०५ अंकले घटेर एक हजार एक सय ३१.९७ अंकमा पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि १.४० अंकले घटेर २४८.३१ अंकमा पुगेको छ ।

बिहिबार बजारमा १६३ कम्पनीका १२ लाख ९६ हजार ८७७ कित्ता सेयर ३७ करोड ४१ लाख ५० हजार ५७१ रुपैयाँमा कारोबार भएको हो । यस दिन बजारमा आएका ११ वटा समूहगत उपसुचकमध्ये तीन समूह उकालो लागे भने आठ समूह ओरालो लागेका हुन ।

बिहीबार बजारमा एनएमबी बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ११ करोड २६ लाख ४३ हजार २७३ रुपैयाँका कारोबार भएको हो । नेप्से घटेको दिन साल्ट ट्रेडिङका लगानीकर्ताले सर्वाधिक ९.९६ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, रिदी हाइड्रो पावरका लगानीकर्ताले सर्वाधिक ५.१९ प्रतिशत सेयर मूल्य गुमाए ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार १०:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।