भक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ पाटीविहारबाट विभिन्न कागजात र नगद सहित मध्यपुर ठिमी नगरपालिका-७ बस्ने सिन्धुपाल्चोक साँगागढीचोक नगरपालिका-१२ घर भएका २८ वर्षीय आषिश गिरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नगरपालिका चोकबाट नयाँठिमीतर्फ जाँदै गरेको बा.१५ च ४६८४ नम्बरको कारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले जाँच गर्दा गिरीको साथबाट विभिन्न कागजात फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट विभिन्न नागरिकका नाममा जारी भएको नागरिकताको प्रतिलिपी४ थान, २ थान सवारी चालक अनुमतिपत्र, सवारी चालक अनुमतिपत्रको कर तिरेको १ थान रसिद, सवारी चालक विवरणको ५ थान कागज, बा.१५ च ४६८४ नम्बरको गाडीको विलबुक, विभिन्न बैंकको २५ लाख रुपैयाँ बराबरको ४ थान चेक, ३ थान मोबाइल र नगद ४१ हजार ५ सय रुपैयाँ बरामद भएको छ ।
उनी उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।





















प्रतिक्रिया