मोरङको लेटाङस्थित खानेपानी तथा सरसफाई जल उपभोक्ता संस्थाको शुक्रबार भएको निर्वाचनमा ३१ मत प्राप्त गर्दै लोकतान्त्रिक समूहका उम्मेद्वार सूर्य गिनेल मगर अध्यक्षमा निर्वाचित भएका छन् ।
प्रगतिशील समूहका उम्मेद्वार ज्वाला प्रसाद कोइरालाले २६ मत प्राप्त गरे । यस्ते उपाध्यक्षमा सीता श्रेष्ठ ३० मत सहित विजयी भएका छन् । श्रेष्ठका प्रतिद्वन्द्वी लोकबहादुर सुवेदीले २५ मत पाए । यस्तै कोषाध्यक्षमा जानुका राई ३० मत पाएर विजयी भईन् ।
कोषाध्यक्षका प्रगतिशील उम्मेद्वार शोभा वोहोराले २५ मत पाए । लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा दिनेशकुमार श्रेष्ठ विजयी भए । श्रेष्ठले ३० मत पाए भने उनका प्रतिद्वन्द्वी नगेन्द्रप्रसाद घिमिरेले २५ मत प्राप्त गरे ।
समितिको सचिवमा राजकुमार उदास, सह सचिवमा मनोजकुमार शाक्य यसअघि निर्विरोध निर्वाचित भएका थिए । यसैगरी लेखा तथा सपरिवेक्षण समितिको सदस्यमा पनि लोकनारायण प्रधान र शोभा खनाल निर्विरोध निर्वाचित भएको थियो । निर्वाचनमा ५५ जना परिषद सदस्यहरूले मतदान गरेका थिए ।
प्रदेश नं. १ का प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलले अझै पनि शुद्ध पिउने पानी सर्वसाधरणको पहुँचमा पुग्न नसकेको बताए । शुक्रबार मोरङको लेटाङस्थित खानेपानी तथा सरसफाई जल उपभोक्ता संस्थाको सातौं साधारणसभामा बोल्दै उपाध्यक्ष प्याकुरेलले यस्तो बताए । उनले पैसाको अभावमा खानेपानीको धारा जडान गर्न नसक्नेहरूका लागि सरकारले विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।




















प्रतिक्रिया