Logo

सुरक्षा/अपराध

सिराहमा नगद ४ लाख रुपैयाँ लुटपाट



सिरहा स्थित लहान नगरपालिका-१९ कटहा चोकबाट सोही नगरपालिका-२३ बस्ने जागेश्वर यादवको नगद ४ लाख रुपैयाँ बुधबार दिउँसो लुटपाट भएको छ । 

जन उत्थान लघुबित्त संस्था लहानबाट उक्त नगद निकाली साईकलमा घरतर्फ जाँदै गरेका यादवलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले उक्त नगद लुटी फरार भएको बताइएको छ ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार १३:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।