Logo

स्वास्थ्य

विश्वमा कोरोना संक्रमितकाे संख्या ७ कराेड नाघ्याे : अमेरिकामा मात्रै १ कराेड ६० लाख



विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या ७ कराेड नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ७ कराेड ६ लाख ८१ हजार ५ सय ५० पुगेकाे छ । काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या भने १५ लाख ८७ हजार ४ सय ६२ पुगेकाे छ ।

मृत्यु दर र सङ्क्रमित दर बढिरहेसँगै निकाे हुने दर पनि बढिरहेकाे छ । अहिलेसम्म कुल सङ्क्रमितमध्ये ४ कराेड ९१ लाख २९ हजार ३ सय ३९ जना भने उपचारपछि घर फर्किएका छन् ।

पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ६ लाख ५९ हजार ९ सय ४२ नयाँ संक्रमित भेटिएका छन् भने १२ हजार ५ सय २२ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै पछिल्लाे २४ घण्टामा ४ लाख ५६ हजार उपचारपछि घर फर्किएका छन् ।

कुन देशकाे अवस्था कस्ताे ?

अमेरिका

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा २ लाख ९९ हजार ५९५ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने एक कराेड ६० लाख २२ हजार ९ सय ६४ पुगेकाे छ ।

संक्रमितमध्ये ९३ लाख २८ हजार ८६९ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ६३ लाख ९४ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये २७ हजार ३३७ जनाकाे अवस्था गम्भीर रहेको छ ।

भारत

छिमेकी मुलुक भारत एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू फेला परेका छन् । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ ।

अहिलेसम्म भारतमा ९७ लाख ९६  हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण १ लाख ४२ हजार २ सय २२ जनाकाे ज्यान गएकाे छ ।

संक्रमितमध्ये ९२ लाख ९० हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ ३ लाख ६४ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ । अहिले त्यहाँ ८ हजार ९४४ जनाकाे अवस्था गम्भीर रहेका छ ।

ब्राजिल

अमेरिका र भारतपछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ६७ लाख ८३ हजार ३ सय ४४ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १ लाख ७९ हजार ९३१ पुगेकाे छ ।

संक्रमितमध्ये ५९ लाख ३१ हजार पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ६ लाख ७१ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।

रूस

रूस पनि काेराेनाभाइरसको हटस्पट बनेकाे छ । अहिलेसम्म त्यहाँ २५ लाख ६९ हजार मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ४५ हजार २८० पुगेकाे छ ।

संक्रमितमध्ये २० लाख ३३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ४ लाख ९० हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

फ्रान्स

सबैभन्दा बढी काेराेना संक्रमित हुने देशमा फ्रान्स पाँचाै नम्बरमा पर्छ । अहिलेसम्म फ्रान्समा २३ लाख ३७ हजार ९६६ जनामा काेराेना संक्रमण भएकाे भने ५६ हजार ९४० जनाकाे मृत्यु भएकाे छ ।

संक्रमितमध्ये १ लाख ७४ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख १० हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २९ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

अरू कुन देशमा कति हेर्नुहाेस्:

1-4.jpg

2-3.jpg

 

3-3.jpg

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार ०८:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।