युरोपा लिग अन्तर्गत इंग्लिस क्लब आर्सनलले को समूह चरणको खेलमा शतप्रतिशत जित निकालेको छ ।
गए राति आयरल्यान्डको डुन्डाल्कलाई ४–२ ले पराजित गर्दै आर्सनलले समूह चरणमा शतप्रतिशत जित निकालेका छ ।
एभिभा स्टेडियम डब्लिनमा बिहीबार राति भएको खेलमा आर्सनललाई जिताउन इडुआर्ड एनकेइट, मोहमेद इलाने, जोसेप विललक र फोलारिन बालोगनले गोल गर्दा घरेलु टोलीका जोर्डन फ्लोरेस र सिन होआरेले गोल गरे । समूह ‘बी’ मा आर्सनलले मोल्दे, रापिड वेन र डुन्डाल्कलाई दुवै लेगमा हराउन सफल भयो ।
पाहुना टोली आर्सनलले खेलको १८ मिनेटभित्र नै २–० को अग्रता कायम गरेको थियो । १२औं मिनेटमा इडुआर्डले तथा १८औं मिनेटमा मोहमद इलानेले गोल गरेका थिए । २२औं मिनेटमा जोर्डन फ्लोरेसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्कने संकेत दिएका थिए । ६७औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई जिततर्फ अघि बढाए ।
८०औं मिनेटमा फोलारिनले गोल गरेपछि आर्सनले खेलमा ४–१ को अग्रता बनायो । खेल सकिन ५ मिनेट बाँकी रहँदा सिन होआरेले गोल गरेपनि घरेलु टोलीले हार टार्न सकेन । यो समूहको अर्काे खेलमा रापिड वेन र मोल्देले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।





















प्रतिक्रिया