संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका विद्यार्थीको उद्दारका लागि २ वटा विमान तयारी अवस्थामा राखेको जानकारी दिएका छन् ।
दुई वटा विमान पठाउने सरकारको तयारी रहेको छ । कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा आज पर्यटन बोर्डमा भएको छलफलमा मन्त्री भट्टराईले विद्यार्थी उद्दारका लागि विमान छिट्टै पठाइने बताए ।
चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १ सय ९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् । अन्य देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता बोलाउन थालेपछि नेपालले पनि विमान पठाउन लागेको हो ।
















प्रतिक्रिया