Logo

स्वास्थ्य

विश्वमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १६ लाख नाघ्याे



विश्वमा कोरोनाभाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या १६ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या १६ लाख २ सय पुगेकाे छ ।

1-5.jpg

विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने ७ कराेड १३ लाख ९८ हजार ९९९ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये ४ कराेड ९५ हजार ८५ बढी उपचारपछि घर फर्किएका छन् । पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ६ लाख ८१ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने १२ हजार १ सय २३ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै ४ लाख ४५ हजार डिस्चार्ज भएका छन् ।

कुन देशकाे अवस्था कस्ताे ?

अमेरिका

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ३ लाख २ हजार ६५८ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १ कराेड ६२ लाख ७८ हजार ७३ पुगेकाे छ ।

संक्रमितमध्ये ९४ लाख ७२ हजार ९५ जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ६५ लाख २ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये २७ हजार ३३० बढीकाे अवस्था गम्भीर रहेको छ ।

भारत

छिमेकी मुलुक भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुनेमा भारत पर्छ । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ ।

अहिलेसम्म भारतमा ९८ लाख २६ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण १ लाख ४२ हजार ६१८ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ९३ लाख २१ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ ३ लाख ६२ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

ब्राजिल

अमेरिका र भारतपछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ६३ लाख ३६ हजार ३१३ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १ लाख ८० हजार ६५३ पुगेकाे छ ।

संक्रमितमध्ये ५९ लाख ५४ हजार ७४५ पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ७ लाख १ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।

रूस

रूस अहिलेसम्म २५ लाख ९७ हजार ७११ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ४५ हजार ८९३ पुगेकाे छ ।

संक्रमितमध्ये २० लाख ५९ हजार ४४० बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ४ लाख ९१ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

फ्रान्स

सबैभन्दा बढी काेराेना संक्रमित हुने देशमा फ्रान्स पाँचाै नम्बरमा पर्छ । अहिलेसम्म फ्रान्समा २३ लाख ५१ हजार ९६६ जनामा काेराेना संक्रमण भएकाे भने ५७ हजार ५६७ जनाकाे मृत्यु भएकाे छ ।

संक्रमितमध्ये १ लाख ७५ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख ११ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २९ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

अरू तालिकामा हेर्नुहाेस्

1-6.jpg

 

2-5.jpg

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार ०८:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।