Logo

बैंकिङ

सनराइज सुरु गर्यो ‘ग्रनपिन’ सेवा सुचारु, नयाँ एटिएम सुचारु गर्न कागजि पिन आवस्य नपर्ने 



सनराइज बैंकले ‘ग्रिनपिन’ सेवा सुरु गरेको छ । बैंकले डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्ड मार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन यो सुचारु गरेको हो । सेवाको सुरुसँगै अब बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ । 
ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै सनराइज बैंकको एटीएममा हाल्ने बितिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रिनपिन प्राप्त गर्नेछन् । सम्बन्धित व्यक्तिको मोबाइलमै पिन जाने हुदाँ यो सुबिधा पहिले भन्दा अझै सुरक्षित हुने बैकको बिश्वास छ ।

साथै, कागजिपिन मेलरमा भर पर्नु नपरेको कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पुनःपिन कोड माग्नु पर्ने अवस्थामा समेत ग्राहकले सन्राइज बैंकका कुनै पनि शाखा मार्फत निबेदन दिए पश्चात तत्कालै कागज बिहिन ग्रिन पिन सेवा प्राप्त गर्न सक्ने जनाइएको छ।

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार  ११ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।