Logo

सुरक्षा/अपराध

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ



नवलपरासी(पूर्व)को कावासोती नगरपालिका-३ बस्ने गम बहादुर सिंजालीको घरमा तास खेलिरहेको अवस्थामा सिंजाली समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६८ हजार ९ सय १० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आईतवार १४:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।