Logo

कर्पोरेट फोकस

ओम्नी समुहले अबको एक वर्ष सामान खरिद गर्न नपाउने, सरकारले राख्यो कालोसुचिमा 



विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी भएको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना प्रकाशित गर्दै एक वर्षको लागि कालोसूचीमा राखेको जानकारी दिएको छ । 

सार्वजनिक खरिद अनुगमनको कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमबारबाट लागू हुने गरी ओम्नीलाई कालोसूचीमा राखेको जानकारी दिएको छ ।
स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै विभागले बिना प्रतिश्पर्धा निकै महंगो मूल्यमा चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो ।

विभागले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरेको थियो । साथै, समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको विभागले बताउँदै आएको छ । एक लाख सेट पीपीई पहिलो लटमा ल्याउने सम्झौतामा १० हजार थान मात्र आएको हो । जुन पहिलोपटक  ल्याउनुपर्ने सामानमध्ये १० प्रतिशत मात्र हो ।  । त्यस्तै पहिलो लटमा १० हजार एन–९५ मास्क र एक लाख जोडा ग्लोब्स मात्र आएको छ । जुन पनि सम्झौता भन्दा निकै नै कम हो । 

तर, तेस्रो लटमा ल्याउनुपर्ने ७५ हजार थान र्‍यापिड टेष्ट किटमध्ये ५० हजारथान पहिलो लटमा आइपुगेको थियो । र, यो किट प्रयोगका लागि पनि अयोग्य भएको पाइएको थियो ।

२ अप्रिलमा दोस्रो खेप सामान आइसक्नुपर्ने मा त्यो सम्भव नदेखिएपछि सरकारले सम्झौता रद्द गरेको हो । पछिल्लो समय यसको जिम्म सेनालाई दिएको थियो । 

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार  ११ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।