पछिल्लो २४ घण्टामा ८३० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । मन्त्रालयका अनुसार आजमात्रै थप १५ सय जना डिस्चार्ज भएका छन् । यो सहित कोरोना जित्नेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ ।
आइतबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ९८ पुगेको छ । आज ५ हजार १८० कोरोना परीक्षण गराउँदा ८३० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । देशमा हालसम्म १८ लाख ३१ हजार ४१ जनाको पिसिआर परीक्षण भएको छ।
यस्तै अहिले ५१६ जना क्वारेन्टिन र १० हजार ९९४ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको दर ९४.९ प्रतिशत हो । हाल मुलुकभर कोरोना सक्रिय संक्रमितको संख्या भने १० हजार ९९४ रहेको छ ।
प्रतिक्रिया