तत्कालीन नेकपा माओवादीका पूर्व कम्पनी सह-कमाण्डर अशोककुमार राई नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेकपा सोलुखुम्बुका नेता समेत रहेका राई नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् । राईलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले पार्टी सदस्यता प्रदान गरी कांग्रेस पार्टीमा प्रवेश गराएका छन् । सोलुखुम्बुको सोताङ निवासी राई तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा संलग्न भई भूमिगत राजनीतिमा सहभागी भएका थिए ।
कांग्रेस पार्टी प्रवेश कार्यक्रममा बोल्दै राईले देशमा कम्युनिस्ट पार्टीको बहुमतको सरकार हुँदा पनि जनताले अपेक्षा अनुसार नतिजा देख्न नपाएको, इतिहासकै धेरै भ्रष्टाचार भएको गुनासो गरे । ‘अहिले देशमा हत्याहिंसा बढेको छ, बलात्कारीहरूलाई राजनीतिक संरक्षण गरी पीडितको घाउमा नुनचुक लगाउने कार्य कम्युनिस्टले गरेका छन्,’ राईले गुनासो गरे, ‘कम्युनिस्ट पार्टीसँग अब कुनै आशा नरहेकाले म लोकतन्त्रको धरोहर कांग्रेस पार्टीमा प्रवेश गरेको हुँ ।’

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले ब्याक्ती प्रवेश गरेको भन्दापनी एउटा बिचार प्रबेश गरेको बताउनुभयो त्यसैले कांग्रेसका नेताहरू अबको समयमा मिल्नुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै केसीले केन्द्रदेखि स्थानीय तहसम्मका कांग्रेस नेताहरू मिलेर कम्युनिस्टलाई परास्त गर्नुपर्ने बताउनुभयो ।
‘दुईतिहाइको सरकार देशले पाएपनि जनताले अहिलेसम्म राहतको महसूस गर्न सकेका छैनन्,’ केन्द्रीय सदस्य केसीले भने, ‘स्थानीय तहदेखि केन्द्र सरकारसम्म नै भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेकाले अब यो सरकारबाट देश र जनताले केही पनि पाउँदैनन् ।
कार्यक्रममा कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्की, महासमिति सदस्य खिलराज बस्नेत, तरुण दल सोलुखुम्बु सभापति तथा महाधिवेशन प्रतिनिधि अशोककुमार झा, भलाकाजी कुलुङ लगायत नेताको उपस्थिति रहेको थियो ।




















प्रतिक्रिया