Logo

समाचार

प्रधानमन्त्री डलामिनिको कोरोना भाइरसका कारण निधन



अफ्रिकी देश स्वाजिल्याण्डका प्रधानमन्त्री एम्ब्रोस डलामिनिको कोरोना भाइरस (कोभिड–१९) का कारण ५२ वर्षको उमेरमा निधन भएको छ ।

 

प्रधानमन्त्री डलामिनीलाई कोरोना संक्रमण पुष्टि भएको चार सातापछि दक्षिण अफ्रिकाको एक अस्पतालमा निधन भएको हो । स्वाजिल्याण्डको सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा उनको मृत्युको कुनै कारण उल्लेख भने गरिएको छैन । तर, उनी दक्षिण अफ्रिकामा कोरोनाको उपचार भने गराइरहेका थिए । डलामिनि सन् २०१८ देखि स्वाजिल्याण्डको प्रधानमन्त्रीको रुपमा रहँदै आएका थिए ।

दक्षिणी अफ्रिकामा अवस्थित यो सानो भू–परिवेष्ठित मुलुक हो स्वाजिल्याण्ड ।  त्यहाँको जनसंख्या करिब १० लाख छ । अहिलेसम्म स्वाजिल्याण्डमा कोरोनाका ६ हजार ७६८ कोरोना संक्रमित फेला परिसकेका छन् भने १२७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । डलामिनिले नोभेम्बर १६ मा आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १४:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।