गौतम बुद्ध कप प्रतियोगिता उपाधि राप्तीले जितेको छ ।
गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा मंगलबार भएको फाइनलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले उपाधि जितेको हो । जित लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । नारायणीका युवा ब्याट्सम्यान आरिफ शेखले ३१ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ४८ रनको योगदान दिए ।
त्यसअघि गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको राप्तीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । राप्तीलाई ओपनर कुशल भुर्तेल र अमित श्रेष्ठले ५.४ ओभरमा ५१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
प्रतियोगितामा राप्ती, नारायणी र बागमती गरि तीन टोलीबीच प्रतिस्पर्धा भएको थियो ।





















प्रतिक्रिया