Logo

कोशी प्रदेश

विराटनगरबाट आएका यात्रुलाई काठमाडाैं प्रवेशमा राेक



काेराेना भाइरसकाे त्रासका कारण काठमाडाैँ भित्रिने मुख्य नाकाका प्रहरी कडाइ गरेकाे छ। आज विहान विराटनगरमा आउँदै गरेका बसहरु नागढुंगा नाकामा रोकिएपछि यात्रु अलपत्र परेका छन् । सात वटा बस करिव १६० यात्रु काठमाडौंका आए पनि प्रहरीले उनीहरुलाई नागढुंगा नाकामा रोकेको हो ।

महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै लकडानउका समयमा बाहिरबाट यात्रु काठमाडौं आउन नदिने निर्णय स्वरुप बसहरु रोकिएको जानकारी दिए । उनले विराटनगरबाट आएका यात्रुलाई काठमाडौं छिर्न नदिने र विराटनगर नै फर्काउने बताएका छन् ।

तर विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले भने समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंबासीलाई पठाएको जानकारी दिए ।

उनले सबै यात्रुको स्वास्थ्य जाँच गरी समन्वय गरेर नै पठाएको बताएका छन् । विराटनगर महानगरपालिकाले सात वटा बसमा १६० जनालाई राखेर पठाएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार ११:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।