Logo

गाउँपालिकाद्धारा बाढीपीडितलाई राहत



कालिकोटको शुभकालिका गाउँपालिकाले बाढीपीडितलाई राहत वितरण गरेको छ । गत साउन र भदौमा आएको अविरल वर्षापछि आएको 

बाढीपहिरोमा परी धनमालसहित घरबारविहीन भएका शुभकालिका-८ का ८३ घरधुरीका लागि खाद्यान्न वितरण गरिएको  हो ।
पिडितलाई खाने बस्नेको समस्या भएका कारण तत्कालका लागि छ सय  बोरा चामल वितरण  गरिएको गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईँले जानकारी दिनुभयो ।

गाउँपालिकामा ठूलो सङ्ख्यामा बाढीपहिरोमा परी घरबारविहीन भएको अवस्था रहेको र त्यसको तथ्याङ्क सङ्कलन गरेर घरबारविहीनका लागि आवासको व्यवस्था गरिने र “क्षतिको विवरण यकिन भएपछि आवास निर्माणका लागि तीनै तहका सरकार मिलेर काम गर्ने योजना पालिकाको रहेको छ ।”

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार १४:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।