Logo

मधेश प्रदेश

स्वास्थ्यमंत्रीलाई बीरगंजका मेयर भने, अस्पताल संचालनको अनुमती दिनुहोस्



बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बीरगंजमा कोरोना बिशेष अस्पताल संचालनको अनुमती दिन संघीय सरकारको स्वास्थ्य मंत्रालय संग आग्रह गर्नु भएको छ ।

महानगर प्रमखु सरावगीले मंगलवार स्वास्थ्यमंत्री भानुभक्त ढकाललाई एक पत्र लेखी निजी क्षेत्रबाट संचालित गण्डक अस्पताल प्रालिले भवन, औजार उपकरण लगायतका भौतिक सम्पतिहरु निःशुल्क दिने सम्झौता भएको र नारायणी अस्पतालकै प्रमुख मे.सु. र चिकित्सकहरुको नेतृत्वमा संचालन हुने गरी अस्थायी कोभिड १९ अस्पताल संचालन अनुमती दिन उहाँले फेरी आग्रह गर्नु भएको हो ।

वीरगंज महानगरपालिका अन्तर्गत कोभिड–१९ का विरामीहरु देखिएका छन । कोभिडको संक्रमण स्थानीय समुदायमा समेत सरेको अवस्थाले वीरगंज उच्च जोखिममा रहेको छ । महानगरले कोरोना रोगको रोकथाम, क्वारेन्टाइन सञ्चालन एंव प्रभावित वर्गमा राहत वितरणको काम गरेकै छ ।

कोभिड रोगको रोकथाम एंव निदानका लागि कोभिड–१९ अस्पतालको आवश्यकता छ । त्यसको आवश्यक प्रवन्ध गरेर सञ्चालन गर्न लाग्ने लागत अनुमान सहित स्रोतको सुनिश्चितता र सञ्चालन गर्न अनुमति दिन आग्ह गर्दै बैशाख ८ गते मन्त्रालयमा पेश गरेको भएपनि अहिले सम्म अनुमती नदिइदा अन्यौलता सृजना भएको पत्रमा उल्लेख छ ।

वीरगंज स्थित नारायणी केन्द्रीय अस्पतालमा कोभिडको संक्रमण भई वीरगंजका दुई जना र सर्लाहीबाट समेत संक्रमित एक जना गरी तीन जनाको उपचार भैरहेको छ । यस पूर्व चार जना उपचार पश्चात् डिस्चार्ज समेत भई सकेका व्यहोरा सर्वविदितै छ । वीरगंज र यस आसपासको क्षेत्रमा समुदाय स्तरमा कोभिडको संक्रमणबाट महामारिको रुप लिन सक्ने खतरालाई दृष्टिगत गरी तत्काल अस्पताल संचालन अनुमती दिन अनुरोध गर्दछु महानगर प्रमुख सरावगीले भन्नु भएको छ ।

संघिय सरकारले वीरगंजको नारायणी अस्पताललाई उपलब्ध गराएको पिसीआर मेसिन हाल सम्म संचालनमा आउन सकेको छैन । वीरगंज महानगरपालिका लगायत यस आसपासका तीन—चार जिल्लाहरुमा जनसंख्याको उच्च चाप छ ।

त्यसैले पनि पिसीआर मेसिन सहितको ल्याव संचालन गर्ने ब्यवस्था मिलाई दिनहुन पनि महानगरप्रमुख सरावगीले अनुरोध गर्नुृ भएको छ । उहाँले परिक्षणकालागि ५ हजार भिटीएम समेत उपलब्ध गराउन आग्रह गर्नु भएको छ । प्रमुख सरवागीले यो पत्रको बोधार्थ प्रदेश २ को सरकारलाई पनि पठाउनु भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार १४:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।